समाजवादी मोर्चाको पहिलो बैठक जारी

तु खबर संवाददाता
२०८० असार २३,शनिबार १७:२५
file-photo

काठमाडौं । चार दल मिलेर बनेको समाजवादी मोर्चाको पहिलो बैठक हाल जारी छ । बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि सुरु भएको हो ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बैठकमा सहभागी भएका छन् ।

साथै समाजवादी मोर्चामा आवद्ध दलका अन्य नेताहरुपनि बैठकमा सहभागी भएका छन् ।