सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुुस
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।