मकवानपुर प्रहरीद्वारा अवैध सामान बरामद

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार अवैध सामान बरामद गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट छुट्टाछुट्टै समयमा अवैध खाद्यान्न र लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, प्रहरी चौकी रातोमाटेमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको प्रहरी टालीले अबैध सामान बरामद गरेको हो ।
प्रहरीले सोमबार वीरगंजबाट काठमाडौंतर्फ जान लागेको बसलाई रोक चेकजाँच गरी बिल नभएका खाद्यान्न सामानहरु बरामद गरेको हो । विभिन्न ७ वटा बसहरुबाट चामल, चिनिलगायतका ८० हजार रुपैयाँ बराबरको किनारा सामानहरु १७ बोरा बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यसैगरी, रातोमाटेबाटनै रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २५३५ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा बसको पछाडीको डिक्किमा रहेको सेतो बोरा भित्र भन्सार छलि लुकाई-छिपाई राखेको बिल भन्दा बढी को सामान बरामद गरिएको छ । प्रहरीले २ लाख ३२ हजार रुपैयाँ बराबरको ४६४ पिस लताकपडा कुर्था सामान बरामद गरेको हो ।