कर्णाली प्रदेशको बजेट बहुमतले पारित
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ल्याएको विनियोजित बजेट बहुमतले पारित भएको छ । मंगलबार प्रदेश सभाको २५ औँ बैठकमा बजेट पारित भएको हो ।
गत असार १ गते प्रदेशका अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेका थिए ।
चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ.१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ ।