हेलिकप्टर दुर्घटना अपडेट: सबै शव काठमाडौं लगियो

तु खबर संवाददाता
२०८० असार २६,मंगलवार १८:२५

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबै जनाको शव काठमाडौ लगिएको छ ।

लुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै शव काठमाडौं लगिएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार, सुरुमा ४ जनाको र दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं लागिएको हो । शव काठमाडौं शिक्षण अस्पतालमा राखिएको छ ।

यात्रु सबै मेक्सिकन नागरिक हुन् । उनीहरु माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए ।