सर्पले डसेर एक वृद्धाको मृत्यु
डोटी । डोटीमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका –४ की ७२ वर्षीया निरन्जनादेवी भट्टको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डोटीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहीबार दिउँसो घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेको बेलामा सर्प डस्दा उनी घाइते भएकी थिएन् । घाइते उनलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा लगिएको थियो ।
उनको उपचारका क्रममा बिहिवार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।