चन्द्रगढी उडेको जहाजमा प्राविधिक समस्या आएपछि…
![](https://www.tukhabar.com/wp-content/uploads/2022/11/buddha-air.jpg)
काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।
बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।