ललिता निवास प्रकरण : सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा

काठमाडौं । ललिता निवास जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्ते लगायतको कसुरमा हिरासतमा रहेका बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारको सुनुवाइ नसकिएपछि मंगलबार उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको हो ।
सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
सोमबारका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएकामा सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । अब मंगलबार बिहानैबाट ती रिटमाथि सुनुवाइ हुनेछन् ।