बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

तु खबर संवाददाता
२०८० श्रावण ३,बुधबार ०९:०१
file-photo

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा हाल मन्त्रीपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आव्हानमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुने भएका छन् ।