ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
यसअघि मंगलबार र बुधबार बहस हुँदाहुदै समय सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको सुनुवाइ भइरहेको हो ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्चमा बन्दीको रिट निवेदन दायर भएको हो ।