सुन तस्करीमा मेरो संलग्नता छैनः व्यवसायी मलहोत्रा
काठमाडौँ । व्यवसायी दीपककुमार मलहोत्राले बुधबार राति बरामद भएको झण्डै एक क्विन्टल सुनबारे आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मलहोत्राले बरामद भएको सुन र ट्याक्सीबारे आफुृलाई जोडेर विभिन्न मिडियामा समाचार प्रकाशित भएको भन्दै ती समाचार भ्रामक भएको प्रष्टीकरण दिएका छन् ।
समाचारमा लेखिएजस्तो त्यो घटनामा मेरो संलग्नता छैन । प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु’ । उनले भने ।
‘मेरो सुन भएको भए म डाँडा काटिसकेको हुन्थेँ । मेरो व्यापार छुट्टै छ । त्यसबारे मलाई केही थाहा छैन,’ उनले भने, ‘समाचारमा आशंका भन्ने शब्द प्रयोग गरिएको छ । आशंकाको भरमा लेखिएको समाचार गलत छ । सय प्रतिशत, हजार प्रतिशत, लाख प्रतिशत त्यो सुन मेरो होइन । यदि पुष्टि हुन्छ भने म जे पनि सजाय भोग्न तयार छु ।’