सुन तस्करीको आरोपमा ६ जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ४,बिहीबार १५:१३

काठमाडौँ । प्रहरीले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको करिब एक सय किलो सुन ट्याक्सीबाट बरामद भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दिलीप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं रानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका छन् । अन्य २ जनाको नाम नखुलेको प्रहरीको भनाई छ ।

आयातकर्ता कम्पनी रेडी ट्रेडर्सले उक्त सुन मोटरसाइकल र स्कुटरको पार्टसमा हालेर कार्गो गरी ल्याएको बताइएको छ । नेपालमा एकै पटक यति धेरै परिमाणमा सुन बरामद भएको यो पहिलो घटना हो ।