ललिता निवास प्रकरण : आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

तु खबर संवाददाता
२०८० श्रावण ५,शुक्रबार १५:४१
file-photo

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

अदालतले शुक्रबार उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीत सबै जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।