त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना निलम्बित

तु खबर संवाददाता
२०८० श्रावण ५,शुक्रबार १६:२७

काठमाडौं । करिब १०० किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरेको छ ।

भन्सारका जाँच पास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौं आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिनसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।