ललिता निवास प्रकरण : नापी विभागका तत्कालीन कर्मचारी पक्राउ
काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।
श्रेष्ठसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १९ जना पुगेको छ ।