पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा संचालन हुने भएको छ ।
सन २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सिबिटी) संचालन गर्न लागिएको इपिएस कोरिया शाखाले जनाएको छ । इपिएस शाखाका अनुसार, कोरियाको मानव संसाधन विभाग (एचआरडी) बाट यस्तो परीक्षा संचालन हुँदैछ ।
यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्नेछ । एचआरडीबाट प्राप्त नाम समावेश भएकामध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेभएका छन् ।
इपिएस कोरिया शाखाका अनुसार इपिएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपमा नेपाल फर्किएकाले मात्र पुनः रोजगारीका लागि अवसर पाउने भएका छन् ।