ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ८,सोमबार १५:३४

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरेर ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा लगिएको रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरु ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए । सीआईबीले आइतबार मात्रै नापी विभागका पूर्वकर्मचारी अरुणकुमारलाई यो प्रकरणमा पक्राउ गरेको थियो ।