इम्बोस्ड नम्बर जडान नभए नवीकरण रोक्ने तयारी

तु खबर संवाददाता
२०८० श्रावण ९,मंगलवार १५:३५
file-photo

काठमाडौं । अब सवारी साधनमा इम्बोस्ड नम्बर जडान नभए नवीकरण रोक्ने तयारी गरिएको छ ।

यातायात क्षेत्र सुधारका लागि संघीय सरकार, ७ प्रदेशका मन्त्री र सचिवको बैठकले यस्तो निर्णय गरेको हो । बैठक ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिने निर्णय गरेको हो ।

सरकारी सवारी साधनमा पहिले इम्बोस्ड नम्बर अनिवार्य गर्ने र त्यसपछि निजी र सार्वजनिक सवारी साधनमा पनि लागू गर्ने गरी तयारी थालिएको छ । इम्बोस्ड नम्बर जडान नभए उसको नवीकरण रोक्नेसम्मको निर्णय भएको घोषणापत्रमा उल्लेख छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि धुलिखेल घोषणापत्र जारी गरेका हुन् ।