सुन प्रकरणमा गृहमन्त्रीसँग जवाफ माग्ने एमालेको निर्णय

तु खबर संवाददाता
२०८० श्रावण १०,बुधबार १४:३६
फाइल तस्बिर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवैध रुपमा आयात गरिएको सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीको जवाफ माग गर्ने र नैतिक प्रश्न गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमालेका एक नेताले भने, ‘सशक्त ढंगले अगाडि बढ्ने, सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको छ । तथ्यगत रिपोर्ट के हो जवाफ माग्ने नै मुख्य निर्णय हो ।’

एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक–पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै एमालेले त्यसबारे छानविन हुनुुपर्ने बताउँदै आएको छ ।

गृहमन्त्रीको जवाफका आधारमा आगामी कदम चाल्ने जनाइएको छ ।