नदीमा डुबेर ५ वर्षीय बालक बेपत्ता
डोटी । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउद बिहीबारदेखि सेती नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहीबार खेल्ने क्रममा उनी नदीमा डुबेका थिए । उनीसँगै डुबेका ४ वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।
बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवै जना बालक खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।