एनआरएनए पोल्याण्डको अध्यक्षमा सापकोटा

तु खबर संवाददाता
२०८० श्रावण १४,आईतवार १८:१३

पोल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डको अध्यक्षमा नरेश सापकोटा चयन भएका छन् ।

एनआरएनए पोल्याण्डको सातौँ महाधिवेशनबाट सापकोटा (सन् २०२३–०२५) का लागि सर्वसम्मत चुनिएका हुन् । नवलपरासी स्थायी घर भई हाल पोल्याण्डमा होटल व्यवसाय गर्दै आएका सापकोटाले (सन् २०१९–०२१) मा एक कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका थिए । उनी दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

प्रवासमा रहेका नेपालीहरुको हकहितका लागि विगतमा काम गरेको कारण यस पटक पुनः नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै उनले सबैको विश्वास जित्दै सबैलाई समेटेर अघि बढ्ने बताए ।

आगामी दिनमा अझै जिम्मेवार, भएर एनआरएनएको संस्थागत विकाससँगै प्रवासी नेपालीहरुको हित प्रवद्र्धन तथा नेपाली समाज रुपान्तरणका लागि भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

बाँकी अन्य पदहरुमा पनि सहमति जुटाई जिम्मेवारी प्रदान गरिएको छ । उपाध्यक्षमा अनिल थापा र कुलबहादुर श्रेष्ठ, महासचिवमा पवन खड्का, सचिवमा उदयराज गिरि र कोषाध्यक्षमा आनन्द घिमिरे चयन भएका छन् ।

\त्यस्तै युवा संयोजकमा विवश ह्याङ राई, महिला संयोजकमा गंगा पौड्याल, सदस्यहरुमा जीवन लुइँटेल, नविन राई र प्रज्वल रेम्मी चुनिएका छन् ।