सडक विस्तार प्रकरणः १५ नम्वर वडा कार्यालयको पर्खाल भत्काइयो
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यलाई सघाउन हेटौंडा उपमहानगरपालिकाले सडक क्षेत्रमा रहेका आफ्ना संरचनाहरु क्रमश हटाइरहेको छ ।
सडक क्षेत्रमा पर्ने भएपछि नापजाँच गरी उपमहानगरको १५ नम्वर वडा कार्यालयको इँटाको कम्पाउण्ड पर्खालसमेत भत्काइएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए ।
‘२५ मिटर सडक क्षेत्रमा पर्ने भएपछि हामीले सडक विस्तार कार्यलाई सघाउन आवश्यक नापजाँच गरेर वडा कार्यालय परिसरको कम्पाउण्ड पर्खाल भत्काएका छौँ ।’ मोक्तानले भने ।
सडक विस्तारको विषय पेचिलो बन्दै गइरहेको बेला उपमहानगरले केही हप्ताअघि राप्तिरोड क्षेत्रको सडकको दायाँबायाँ राखिएका विभिन्न फलफूलका बोटविरुवा तथा गमलासमेत हटाएको थियो ।