प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने
![](https://www.tukhabar.com/wp-content/uploads/2021/12/kshikshya-sewa-ayog.jpg)
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह (प्रावि) शिक्षक पदको परीक्षा आगामी असोज १३ गते हुने भएको छ ।
आयोगले असोज ६ गते तोकिएको विषयगत परीक्षा एक सूचना जारी गर्दै असोज १३ गतेलाई सारेको जानकारी गराएको हो ।
शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी दिएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।
आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा संचालन गर्न लागेको हो ।