सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी
तु खबर संवाददाता
२०८० श्रावण १६,मंगलवार १६:५६
काठमाडौं । संवैधानिक परिषद्को बैठक हाल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ । बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो ।