ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सो प्रकरणका पक्राउ परेका भाटभटेनी सुपर मार्केटका संचालकसहित पक्राउ परेका २१ जनालाई थप ७ दिन हिराशतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
पक्राउ परेकाहरुलाई प्रहरीले ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेका जनाइएकोे छ ।