अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा मकवानपुरबाट ३८३ वटा उजुरी

तु खबर संवाददाता
२०८० श्रावण २१,आईतवार १६:२३

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा गत आर्थिक वर्ष २०७९–०८० को अवधिमा मकवानपुरबाट ३८३ वटा उजुरी दर्ता भएको छ ।

जिल्लाको विभिन्न स्थानीय तहले काम गर्दा अनियमितता गरेको भन्दै कार्यालयमा उक्त संख्यामा उजुरी दर्ता भएको अख्तियार कार्यालयका उपसचिव तथा सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए ।

उनका अनुसार, मकवानपुरबाट अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा ८४ वटा मात्रै उजुरी परेको उक्त कार्यालयमा आर्थिक वर्ष २०७९–०८० मा ३८३ वटा उजुलरी दर्ता भएको हो ।

दुई आर्थिक वर्षमा गरेर मकवानपुरबाट अख्तियारमा दर्ता भएका कुल उजुरीमध्ये गत आर्थिक वर्षको असारसम्म २८३ वटा उजुरी फर्छ्योट भएको सापकोटाले बताए ।

आर्थिक वर्ष २०७८–७९ मा परेको ८४ वटा उजुरीमध्ये ६१ वटा र गत आर्थिक वर्ष २०७९–८० को ३८३ उजुरीमध्ये २२२ वटा उजुरी फर्छ्योट भएको छ भने हेर्न बाँकी उजुरी जम्मा १८४ वटा रहेको छ ।