ललिता निवास प्रकरण : चार पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार जना पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले जनाएको छ ।
ब्यूरो स्रोतका अनुसार अदालतले गच्छदारसहित पूर्व मन्त्रीहरू क्रमशः डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।