‘नेपाल अन्तरदेशीय तस्करीको ट्रान्जिट बन्यो’
काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणबारे उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएका छन् ।
उनले नेपाल अन्तरदेशीय तस्करीका लागि ट्रान्जिट बनेको बताएका छन् । श्रेष्ठले पहिले पनि तस्करी हुँदै आएको भनेर अब चुप बस्न नसकिने बताए ।
सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यस प्रकरणबारे सरकारले छानबिन गरिरहेको र तस्करलाई चाँडै कानूनी कारबाहीको दायरामा ल्याइने बताए ।