किशोरीलाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २४,बुधबार १५:३८
file-photo

बाँके । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार दैलेखबाट एक युवक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।