४० हजार बालबालिकालाई खोप लगाइयो

तु खबर संवाददाता
२०८० श्रावण २४,बुधबार १६:०९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बृहत खोज र खोप अभियान’ अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप लगाएको छ ।

उक्त अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार, मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई अभियान संचालन गरी खोप लगाएको हो । उक्त अभियान गत बैशाख १५ र ३१ गतेसम्म संचालन गरिएको थियो ।