ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

तु खबर संवाददाता
२०८० श्रावण २४,बुधबार १६:५३

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो ।

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति हाल सीआईबीको हिरासतमा रहेका छन् ।