तीन दिनदेखी बेपत्ता किशोर मृत अवस्थामा फेला
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
बाँके । बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर तीन दिनदेखि बेपत्ता भएका एक किशोर मृत अवस्थामा फेला परेका छन् ।
जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सुनार गत बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पिविसी इँटाभट्टा नजिक नालामा शुक्रबार राति सुनारको शव फेला परेको हो ।