अन्तरक्रियाको आयोजना गरी हेटौंडामा मनाइयो युवा दिवस
मकवानपुर । बागमती प्रदेश युवा परिषद् हेटौंडाले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । परिषद्ले शनिबार हेटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी २४ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो ।
अन्तरक्रिया कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हो ।
सो क्रममा कार्यकारी उपाध्यक्ष चौलागाईँले युवा वर्गलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले युवा वर्गले नै आफ्नो उत्तरदायित्व र जिम्मेवारीलाई वहन गर्न नसके परिवर्तन र उपलब्धी सम्भव नहुने बताए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठकको पनि आतिथ्य रहेको थियो ।