१०४ तहले पाए बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न अनुदान
काठमाडौं । सरकारले बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहलाई अनुदान वितरण गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यस्तो कार्यक्रमको लागि २ करोड ९९ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । कार्यक्रम कार्यान्वयन भने स्थानीय सरकारमार्फत हुँदैछ ।
मन्त्रालयले प्रतिस्थानीय तह ३ लाख रुपैयाँका दरले अनुदान दिएको बताएको छ ।
चालु आवमा थप स्थानीय तहले यो अभियान संचालन गर्न चाहेमा ६० दिन भित्र प्रस्ताव पेश गर्न सक्ने समेत मन्त्रालयको भनाइ छ ।