नेता बानियाँद्वारा विपदमा परेकाको उद्दार र राहतको व्यवस्था गर्न सरकारसँग आग्रह
मकवानपुर । नेपाली कांग्रेसका नेता एवम् कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले विपद्को घटनामा परेका नागरिकको उद्दारको व्यवस्था र उनीहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
पछिल्लो समय मकवानपुरलगायतका बागमती प्रदेशका अन्य जिल्लामा बाढीपहिरोले बेपत्ता बनाएका नागरिकको उद्दार, विस्थापितको व्यवस्थापन र पीडितलाई राहत उपलब्त्र गराउन प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।
अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा जुनसुकै बेला पनि सवारी साधन अवरुद्ध हुने बताउँदै उनले विपद्को पूर्वतयारी र जोखिम सम्भाव्य क्षेत्रहरूको पहिचान गर्नुका साथै त्यस क्षेत्रका नागरिकहरूलाई सम्भाव्य जोखिमबारे पूर्वजानकारी दिई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए ।