भिरबाट लडेर ढकाल र खत्रीको ज्यान गयो
सुर्खेत । भिरबाट लडेर हुम्ला र रुकुम पश्चिममा गरी दुई जनाको ज्यान गएको छ । भीरबाट लडेर हुम्लाको ताजाकोट गाउँपालिका–४ का कर्ण ढकाल र मुसिकोट नगरपालिका–१२ नयाँ गाउँका ५५ वर्षीय कालीबहादुर खत्रीको ज्यान गएको हो ।
ढकाल सोही गाउँको पुनलोटे भिरमा घाँस काट्न गएको थिए । उनको सोही भिरबाट लडी भिरमै अड्किएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, खत्रीको सोलाबाङ बजारबाट घरतर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटोबाट लडेर ज्यान गएको हो । उनी २ सय मिटर तल खसेका थिए ।
यी दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।