दुर्घटनामा परेर युवकको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
काभ्रे । काभ्रको धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गमा सवारी दुर्घटनामा परेर युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठानको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने २७ का सुरज गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
मृतक गिरिको शव धुलिखेल अस्पताल लगिएको छ । प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।