हेटौंडामा दुई दिवसीय कर सम्बन्धी तालिम सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिवसीय कर सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिम मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा जि.आई.जेड.को प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
तालिम ढुवानी तथा अन्य व्यवसायीहरुलाई दिइएको हो । तालिम समापन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता एवम् आन्तरिक राजश्व कार्यालयका निमित्त प्रमुख मनिष महतोको प्रमुख आतिथ्यतामा भएको हो ।
तालिममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृतद्वय अवदेश यादव तथा गुणराज भण्डारी, जि.आई.जेड.का सल्लाहकार नवीन लाल श्रेष्ठ, प्रशिक्षक तथा चार्टर्ड एकाउन्टेण्टद्वय अरुण राउत तथा रश्मिला महर्जन, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक, लोक राज जोशीलगायतको आतिथ्यता रहेको थियो ।
प्रशिक्षक तथा चार्टर्ड एकाउन्टेण्टद्वय अरुण राउत तथा रश्मिला महर्जनले प्रशिक्षण दिनु भएको तालिममा सहभागिहरुको कर प्रक्रिया सम्बन्धी जानकारी परीक्षणबाट प्रारम्भ गरी व्यवसाय दर्ता तथा नविकरण, अग्रिम कर कट्टी, लगानीमा आयकर तथा नियन्त्रणमा परिवर्तन र व्याज, जरिवाना तथा पुनरावलोकन जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए ।