धितोपत्र बोर्डद्वारा थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

तु खबर संवाददाता
२०८० भाद्र १,शुक्रबार १०:४०
file-photo

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप कम्पनीलाई ५ सेयर ब्रोकर लाइसेन्स दिएको छ ।

साउन ३२ मा अर्थात बिहीबार बसेको बोर्ड संचालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको हो ।

लाइसेन्सको अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा, सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाल, सजिलो ब्रोकर लिमिटेड ललितपुर, रोडसो सेक्युरिटिज लिमिटेड सुन्धारा र बेनी सेक्युरिटिज प्रालि बानेश्वर रहेका छन् ।

बोर्डले २०७९ असोजमा ३० दिनको म्याद सहित सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका ४५ मध्ये ४३ कम्पनीलाई लाइसेन्नसको पूर्वस्वीकृति दिएकोमा हालसम्म ३७ कम्पनीले लाइसेन्स पाइसकेका छन् ।