नेविसंघ मकवानपुर क्याम्पस इकाईको पहिलो बैठक सम्पन्न

तु खबर संवाददाता
२०८० भाद्र २,शनिबार १६:५७

मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई कार्यसमितिको पहिलो बैठक शनिबार सम्पन्न भएको छ ।

बैठक नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति वरिष्ठ उपाध्यक्ष बिनोद थिङ (दिपक) को अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त बैठकमा विभिन्न चार वटा महत्वपूर्ण प्रस्तावमाथि छलफल भएको नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समिती संयोजक भुवन घलानले जानकारी दिए ।

बैठकले सल्लाहकारमा राकेश महर्जन, सह–सचिवमा प्रवेश प्याकुरेल र सदस्यमा गजेन्द्र पाख्रीन र आतिश यादवलाई मनोनित गर्ने निर्णय गरेको संयोजक घलानले बताए ।

नेविसंघ मकवानपुर जिल्ला सचिव सुनिल बोम्जनको प्रमुख आतिथ्यता रहेको बैठकमा नेविसंघ जिल्ला सदस्यद्वय बुद्धराज सिन्तान र नवराज मुक्तान लगायतको उपस्थिति थियो ।