चुरियामाई दुर्घटना अपडेट : घाइते सबैको पहिचान खुल्यो (नामावलीसहित)

तु खबर संवाददाता
२०८० भाद्र ७,बिहीबार ०९:४०

मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा बुधबार राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना हुँदा घाइते भएकोहरुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको हेटौंडा अस्पतालमा, एक जना चुरेहिल अस्पताल हेटौंडामा, एक जनाको सन्चो अस्पताल हेटौंडा र एक जनाको चितवनको पुरोना मेडिकल कलेज भरतपुरमा उपचार भइहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, प्रहरीका अनुसार, घाइतेमध्ये चितवनको पुरोना मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका एक जनाको अवस्था गम्भीर रहेको र हेटौंडा अस्पतालमा उपचारत दुई जनाको डिस्चार्ज भएको छ ।

हेर्नुहोस्: कुन अस्पतालमा कति जना बिरामीको उपचार भइरहेको छ ?

चुरेहिल अस्पताल हेटौंडामा,
१. भारतको राजस्थान बस्ने अन्दाजी ४८ वर्षीय घनश्याम चतुरबेदी (खुट्टा र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम)

सरकारी अस्पताल हेटौंडामा,
१. धनुषाको मौवा गाउँपालिका वडा नम्वर १८ जनकपुर बस्ने अन्दाजी ४१ वर्षीय घुरन मण्डल (बाया घुडा, कम्मरमा चोट, अवस्था मध्यम) डिस्चार्ज
२. महोत्तरीको लोहारपति नगरपालिका वडा नम्वर ५ बस्ने अन्दाजी २६ वर्षीय जसबेन्दर पासवान (ढाड/दाहिने हातमा चोट, अवस्था मध्यम) डिस्चार्ज
३. भारतको राजस्थान बस्ने अन्दाजी ५३ वर्षीयन माया देबी (दाहिने कुममा चोट, अवस्था मध्यम)
४. सोही स्थान बस्ने अन्दाजी ३५ वर्षीय अनिल कुमार (टाउकोमा चोट, अवस्था मध्यम)
५. सोही स्थान बस्ने अन्दाजी ५० वर्षीया तारा वती चतुरबेदी (निधार/कम्मरमा चोट, अवस्था मध्यम)
६. सोही स्थान बस्ने अन्दाजी ९ वर्षीया क्रितिका चतुरबेदी (अवस्था सामान्य)
७. सोही स्थान बस्ने ४८ वर्षीय श्याम लाल माली (बाया खुट्टा/छातिमा चोट, अवस्था मध्यम)
८. सोही स्थान बस्ने ४७ वर्षीय हरवारी माली (टाउकोमा/ढाडमा चोट, अवस्था मध्यम)
९. सोही स्थान बस्ने ७० वर्षीया चौथी देबी (दाहिने खुट्टा/छातिमा चोट, अवस्था मध्यम)
१०. सोही स्थान बस्ने ७२ को सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टा/बाया कुममा चोट, अवस्था मध्यम)
११. भारतको राजस्थान बस्ने ६३ वर्षीय धरम सिंह (निधार/छाति/बाया खुट्टा फ्याक्चर, अवस्था मध्यम)
१२. सोही स्थान बस्ने ६० वर्षीया ईन्दु धाकद (निधार/छातिमा चोट, अवस्था मध्यम)
१३.सोही स्थान बस्ने १६ वर्षीया गर्बिदा चतुरबेदी (ढाड/छातिमा चोट, अवस्था मध्यम)
१४. सोही स्थान बस्ने ५४ वर्षीय राम कुमार चतुरबेदी (बाया घुडा/छातिमा चोट, अवस्था मध्यम)

सन्चो अस्पताल हेटौंडामा,
१. महोत्तरीको जलेश्वर नगरपालिका बस्ने ३८ वर्षीय बिहारी मुखीया (मुखमा चोट/बाया खुट्टा भाचिएको, अवस्था मध्यम)

पुरानो मेडिकल कलेज भरतपुर
१. भारतको राजस्थान बस्ने ७३ वर्षीय रामप्रसाद पि (छाति/पेटमा चोट, अवस्था गम्भीर)

यस्तै, उक्त दुर्घटनामा परेर ६ भारतीय नागरिक र एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारतको राजस्थान बस्ने अन्दाजी ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देबी र महोत्तरीको लोहारपटी नगरपालिका वडा नम्वर ५ बस्ने ४१ वर्षीय बिजय लाल पण्डित रहेका छन् ।

दुर्घटना पछि बसका चालक र सहचालक प्रहरीको सम्पर्कमा नरहेको र उनीहरुको खोजी कार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।