विपद्को घटनामा परेर ७२ जनाको ज्यान गयो

तु खबर संवाददाता
२०८० भाद्र ७,बिहीबार १०:०६
file-photo

काठमाडौं । नेपालमा पछिल्लो २ महिनामा विपद्को घटनामा परेर ७२ जनाको ज्यान गएको छ । विपद्को घटना बाढी, पहिरो तथा चट्याङमा परेर भदौ ६ गतेसम्ममा ७२ जनाले ज्यान गुमाएका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार, सबैभन्दा धेरै पहिरोमा परेर ज्यान गुमाएका छन् । पहिरोमा परेर ३८ जनाले ज्यान गुमाएका हुन् ।

यसैगरी, बाढीमा परेर ११ जना र चट्याङ लागेर २१ जनाको ज्यान गएको प्रवक्ता खड्काले बताए । यस्तै, भारी बर्षाका कारण दुई जनाको ज्यान गएको उनले बताए ।

यस्तै, सो अवधिमा विपद्को घटनामा परेर विभिन्न घटनामा परेर ११५ जना घाइते भएका छन् । जसमा चट्याङ् लागेर ४३ जना, पहिरोमा परेर ४० जना, बाढीमा परेर पाँच जना र भारी बर्षाका कारण १२ जना घाइते भएका छन् ।

यसैगरी, बाढीमा परेर २० जना र पहिरोमा परेर ९ जना बेपत्ता भएका छन् ।