राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

तु खबर संवाददाता
२०८० भाद्र ८,शुक्रबार १७:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौं १० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ ।

भदौं ११ गते जारी गर्ने गरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने भएको हो । भदौ १० गते दिउँसो ३ बजे विकास ऋणपत्रको बोलकबोल गरिने केन्द्रीय बैंकले सूचना जारी गरेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार, इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

कूल १० अर्ब रुपैयाँमध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत, १ अर्ब ५० करोड रुपैयाँ विना प्रतिस्पर्धा प्रणालीबाट बिक्री गरिनेछ ।

विकास ऋणपत्र खरिदकर्ताले प्रत्येक ६÷६ महिना अर्थात् अर्धवार्षिक रुपमा ब्याज पाउनेछन् ।