जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ९ जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ९,शनिबार ०९:०१

हेटौंडा । प्रहरीले काभ्रेमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–१२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारसहित ८ जना छन् ।

वडाध्यक्ष दनुवारसहित अन्य ८ जनालाई पाँचखाल नगरपालिकासँगै रहेको एउटा घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष केही महिनाअघि पनि जुवा खेलिरहेको समयमा पक्राउ परेका थिए । जुवाको खालबाट नगद १ लाख ९० हजार रकमसमेत प्रहरीले बरामद गरिएको छ ।