उपेन्द्र यादव एक हप्ताका लागि भारत प्रस्थान

तु खबर संवाददाता
२०८० भाद्र ९,शनिबार १६:०६
file-photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् ।

अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जाने जसपाका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । उनका अनुसार, अधयक्ष यादव एक सातापछि स्वदेश फर्किने कार्यसूची रहेको छ ।

यादव भारत भ्रमणमा रहेका बेला जसपाको कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।