खोलामा डुबेर दुई जनाको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/04/khola.jpg)
बाँके । बाँकेमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार, साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको खोजीकार्य गर्ने क्रममा शव फेला परेको हो ।
यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुई जना फरार भएको र उनीहरुको खोजीकार्य गरिरहेको छ ।