समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने

गण्डकी । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ ।
मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गर्न लागिएको माओवादी केन्द्रका सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले बताए ।
पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष एम्ं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेता सहभागी हुने उनले बताए ।