कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित

तु खबर संवाददाता
२०८० भाद्र १२,मंगलवार १५:४२

गण्डकी । नेपाली कांग्रेसका पोखरामा हुने भनिएको प्रदेश सभापतिको भेला स्थगित भएको छ ।

सात वटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको कांग्रेसका प्रदेश सभापति भेला स्थगित भएको हो ।

कांग्रेसको आगामी मंसिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो ।

भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी दिए ।