ललिता निवास प्रकरण : आज ४ जना सरकारी वकिलले बहस गर्ने
काठमाडौं । ललिता निवास प्रकरणमा सोमबार चार जना सरकारी वकिलले बहस गर्ने भएका छन् । सरकारको तर्फबाट ४ जनाले बहस गर्न लागेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा र जनक घिमिरेसहित चार जनाले बहस गर्ने उपन्यायाधीवक्ता रमेश भट्टराईले जानकारी दिए ।
यसअघि आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको ईजलासमा सहायक जिल्ला न्यायाधीवक्ता चन्द्र संजेल, दिनेश भट्टराई, जिल्ला न्यायधीवक्ता महेश प्रसाद खत्री र उप–न्यायाधीवक्ता रमेश भट्टराईले बहस गरेका थिए ।
लिखत किर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको मुद्दामा सरकार पक्षको बहस सकिएपछि सोमबार नै प्रतिवादीको तर्फबाट बहस सुरु हुने जनाइएको छ ।