सिंगापुर एयरलाइन्सले वाइडबडीबाट दशैं–तिहार लक्षित उडान भर्ने

तु खबर संवाददाता
२०८० भाद्र १९,मंगलवार १६:१६

काठमाडौं । सिंगापुर एयरलायन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर बोइङ वाइडबडीबाट उडान भर्ने भएको छ ।

कम्पनीले सिंगापुरबाट काठमाडौंमा बोइङ ७८७–१० ड्रिमलाइनर वाइड बडीमार्फत उडान भर्ने भएको हो ।

कम्पनीका अनुसार, वाइडबडीमा ‘विजनेश क्लास’ को सिटमात्रै ३६ वटा छन् भने इकोनोमि क्लास क्याबिन ३०१ वटा छन् । यो विमान सिट संख्याका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने ठुलो विमान हो ।

यो विमानले भर्ने उडान अवधिमा यात्रुहरूले अनलिमिटेड वाईफाई सुविधा पाउनेछन् ।